Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

सिन्धुपाल्चोक – अविरल वर्षका कारण भोटेकोशी नदीमा ठुलो बाढी आएको छ । मंगलबार राती आएको बाढीले मानवीय क्षति नभए पनि भोटेकोशी हाइड्रो पावर र नदी किनारामा रहेको बस्ती डुवानमा परेको छ ।13626573_10206848681278361_2384268143817121754_n

नदीमा बाढी आएसँगै स्थानियबासीन्दालाई सुरक्षित स्थानमा सारिएको छ । एक्कासि बाढी आएपछि स्थानीयबासीहरु त्रसित हुँदै सुरक्षित ठाउँ खोज्दै घर छोडेर निस्किएका छन् । बाढीले इलाका प्रहरी कार्यालय बाह्रबिसेको आसपासको क्षेत्रमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

बाढीका कारण सिन्धुपाल्चोकका बाह्रबिसे, लामोसाँघु, खाडीचौर लगायतका क्षेत्र डुवानमा परेका छन् । चीनमा परेको अविरल वर्षका कारण भोटेकोशीमा पानीको बहाव उच्च भएपछि डुवानमा परेका क्षेत्रका स्थानीयबासीहरुलाई सुरक्षित स्थानतर्फ सार्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया