Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – बल्खु तरकारी बजारको अनुगमनमा पुग्नुभएका आपूर्ति मन्त्री गणेशमान पुन सहितको सरकारी अनुगमन टोलीमाथि तरकारी व्यापारीहरुले आक्रमण गरेका छन् । balkhu

व्यापारीहरुले प्रयोग गरेको ढक तराजु दर्ता भए नभएको अध्ययन गर्न गएको टोलीमाथि व्यापारीहरुले इट्टा, लौका तथा मुलाले आक्रमण गरेका हुन् । आपूर्ति व्यवस्था विभाग, नापतौल तथा गुणस्तर विभाग, सुरक्षा निकाय तथा पत्रकारसहितको टोली कालिमाटी तरकारी बजारको अनुगमन गरेपछि बल्खु तरकारी बजारमा पुगेको थियो ।

तरकारी बजारमा प्रयोग भएका सबैजसो ढक तराजु उचित परिमाणको नभएको गुनासो आएपछि मंगलबार टोली अनुगमनमा निस्किएको हो । अकस्मात आएर अनावश्यक रूपमा दुःख दिएको भन्दै व्यापारीहरुले टोलीमाथि आक्रमण गरेका हुन् ।

व्यापारीको आक्रमणपछि अध्ययन तथा अनुगमन सहज हुन सकेन् । आक्रमणपछि अहिले दुवै पक्षबीच वार्ता भइरहेको छ ।

तपाईको प्रतिक्रिया