Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

फ्रान्स – युरो कप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार राति फ्रान्सले आइसल्याण्डलाई हराउँदै अन्तिम चारमा स्थान बनाएपछि सेमिफाइनल समिकरण पूरा भएको हो ।

w

अन्तिम चारमा फ्रान्ससँगै पोर्चुगल, वेल्स र जर्मनी पुगेका छन् । पोल्याण्डलाई हराएको पोर्चुगलले सेमिफाइनलमा बेल्जियमलाई हराएर आएको वेल्ससँग खेल्नेछ ।

w2

यस्तै फ्रान्सले इटालीलाई हराएको विश्व विजेता जर्मनीसँग खेल्नेछ । सेमिफाइनलका खेल आउँदो बिहीबारदेखि सुरु हुनेछ । बिहीबार पोर्चुगल र वेल्स तथा शुक्रबार फ्रान्स र जर्मनी खेल्ने छन् ।

कुन खेल कति बेला ?
पहिलो सेमिफाइनलस्पोर्चुगल भर्सेस वेल्स (असार २३ गते राति पौने एक बजे)दोस्रो सेमिफाइनलस्जर्मनी भर्सेस फ्रान्स (असार २४ गते राति पौने एक बजे)
– एजेन्सी

तपाईको प्रतिक्रिया