Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – सरकार परिवर्नत हुने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको छलफलमा उहाँहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । माओवादीले शुक्रबार राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने निर्णय गरेसँगै ओली नेतृत्वको सरकारको विकल्प खोज्न थालिएको भन्ने तरंग पैदा भएका बेला दुई नेताबिच सरकार सञ्चालनबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

दुई नेताबिच एक घण्टाभन्दा बढी समय भएको गोप्य कुराकानीमा सरकार सञ्चालनका विविध पक्षबारे छलफल भएको छ । भेटमा अध्यक्ष दाहालले पार्टीको निर्णय प्रधानन्त्रीलाई जानकारी गराउनुभएको छ ।

तपाईको प्रतिक्रिया