Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

टोकियो – जापानको नागोयामा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना जापान) को क्षेत्रीय कार्य समिति गठन भएको छ । शिक्षा, रोजगार लगाएत विभिन्न पेसा व्यवसायमा संलग्न रहेका म्याग्देलीले “हाम्रो म्याग्दी, राम्रो म्याग्दी” जहाँ रहेपनि जिल्लाका लागि जिल्ला बासीहरु एकजुट होऔं भन्ने मूल नाराका साथ आइतबार प्रथम क्षेत्रीय भेला सम्पन्न भएको छ ।

1

मोना जापानका वरिष्ठ उपाध्यक्ष दीपक कार्कीको संयोजकत्वमा र लाङ्घाली समाज नागोया जापानका अध्यक्ष ज्ञान पुनको प्रमुख आतित्थ्यतमा सम्पन्न भएको भेलाले गणेश बहादुर कार्कीको अध्यक्षतामा १५ सदस्यीय मोना जापानको क्षेत्रीय कमिटी सर्वसम्मतिले चयन गरिएको छ ।

समितिको वरिष्ठ उपाध्यक्ष अमृत पौडेल, उपाध्यक्ष गणेश सापकोटा, महासचिव भिमबहादुर घर्ती मगर, सचिव टक चोचाङ्गे पुन मगर, सह–सचिव सरस्वति बानियाँ,कोषाध्यक्ष रुपेश चोचाङ्गे मगर, सहकोषाध्यक्ष भावना पुर्जा मगर रहेका छन् । समितिको सदस्यमा विजया रोका मगर, धनकमारी छन्त्याल,विमला पुन, रामबहादुर किसान,जीवन घर्ती मगर,पूर्णबहादुर पूजा, ताराकुमारी छन्त्याल रहेका छन् ।

2

त्यसैगरी संस्थागत सहित विभिन्न कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न संरक्षकमा दीपक कार्की, सल्लाहकारहरूमा ज्ञान पुन,धनबहादुर शेरपुञ्जा,गम्भीर सिउथानी,टेकप्रसाद रोका र श्रीप्रसाद पुन रहेको कोषाध्यक्ष रुपेश चोचाङ्गे मगरले बेनीअनलाइनलाई बताए । सम्मेलनको अवसरमा मोना जापानका वरिष्ठ उपाध्यक्ष कार्कीले विश्वभर छरिएर रहेका म्याग्देली बिचको एकताको आवश्यकता रहेको बताए ।

उनले प्रवासबाट आफ्नो जन्मभूमिमा हुने हरेक गतिविधिमा सहभागिता जनाउन समेत म्याग्देली बिचको सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिए।प्रथम क्षेत्रीय भेलामा लाङ्घाली समाजका प्रमुख अतिथि ज्ञान पुन मगर र मगर समाज जापानका महा–सचिव धनबहादुर शेरपुञ्जा मगरले म्याग्देलीको एकताबाट जापानमा रहेका अन्य संघसंस्थालाई समेत ऊर्जा मिलेको बताएका थिए ।

3

कार्यक्रममा रुपेश चोचाङ्गे पुन मगर र टक चोचाङ्गे पुन मगरले समेत मन्तव्य राखेका थिए । अमृत पोैैडेलको स्वागत मन्तव्य र भीम घर्ती मगरको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा नवनिर्वा्चित अध्यक्ष गणेशबहादुर कार्कीले संस्थाको भावी कार्ययोजनाको बारेमा जानकारी गराएका थिए । कार्यसमितिमा रहेका अधिकांश जिल्लामा हुदाँ समेत विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहेका अनुभव भएकाले कार्य्दिसा अनुसार अगाडी बढ्न सहज हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया