Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

liancee

टोकियो – गैरआवासीय नेपाली संघ जापान (फुकुओका क्युस्यु)ले लायन्स क्लबको ९९ औं अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन आउनु भएका नेपाली प्रतिनिधिहरुलाई भब्य स्वागत गरेको छ ।
लायन्स क्लबका चार जना गर्भनरसहित सहभागी सयौं प्रतिनिधिहरुलाई स्वागत गर्दै उक्त कार्यक्रममा नेपालको विकास र समाजसेवाका बिषयमा चर्चा गरिएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएन)का एसिया प्रशान्त उपसंयोजक तथा लायन्स क्लब अफ् धुम्बाराहीका अध्यक्ष रोबिन्दप्रसाद श्रेष्ठले लायन्स क्लब र एनआरएन दुवै सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रहेकाले सबै देश विकासमा लाग्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘जब देश सम्बृद्ध हुँदैन तबसम्म नेपालीको इज्जत विश्वमा ठाडो हुँदैन ।’ उहाँले लायन्स क्लबका प्रतिनिधिहरु जापान आउनका लागि प्रयाप्त भिषा उपलब्ध नगराएको नेपालस्थित जापानी दूतावासलाई कटाक्ष हान्नु भयो । लायन्स क्लव अफ् टेम्पलका अध्यक्ष अरुण श्रेष्ठले लायन्स क्लवमा लागेर समाजसेवाको थप इंटा थप्न सकिने जनाउनु भयो ।

liance
लायन्स क्लबको अन्तराष्ट्रिय बिश्व सम्मेलनमा भाग लिन आउनु भएका तथा जापानीहरुलाई पञ्चे बाजासहित ४ किलोमिटरसम्म परेड तथा प्रदर्शनी प्रस्तुत गरेर स्वागत गरिएको थियो । ‘बुद्ध नेपालमा जन्मिएका हुन्, सगरमाथाको देश नेपाल’ भन्दै परेडमा ४ फिटको नेपाली झण्डासहित नेपालीहरुले सबैको ध्यान केन्द्रित गराएका थिए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा लायन्स क्लब अफ टेम्पलका अध्यक्ष तथा जनप्रगतिशिल मोर्चा जापानका अध्यक्ष अरुणकुमार श्रेष्ठ, एनआरएन जापानका उपाध्यक्ष टंक गैरे रहनु भएको थियो भने एनआरएन क्युस्युका संयोजक किरण बर्माको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Lianceee.

तपाईको प्रतिक्रिया