Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

दुबई – गुल्मी सेवा समाज युएईको अध्यक्षमा लक्ष्मण अर्याल निर्वाचित हनु भएको हो ।

युएईस्थित छरिएर रहेका गुल्मेलीवासीहरुको पहलमा सन् २०११ मा स्थापना भएको गुल्मी सेवा समाजको दुबईको एभरेष्ट होटलमा सम्पन्न तेस्रो अधिवेशनले अर्यालको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । जसको प्रमुख संरक्षकमा क्रमश कृष्ण गौतम रहनुभएको छ भने उपाध्यक्षमा क्रमशः भुवन मगर, कमल कार्की, गोपाल कुंवर, मीन भण्डारी र महिला उपाध्यक्षमा सीता केसी चयन हुनुभएको छ । यस्तै, महासचिवमा रुद्र थापा, सचिवमा सरस्वती पौडेल, कोषाध्यक्षमा नेत्र भुसाल रहनुभएको छ ।g4

यसैगरी सदस्यहरूमा सुमित्रा आचार्य, होमनाथ कुंवर, किशोर केसी, गंगा खरेल, कृष्ण कुंवर, सीता रामजाली मगर, लोकनाथ कुंवर, जीबनसिंह ठकुरी, राजन पन्त, जमुना न्यौपाने, केशरबहादुर थापा मगर, रामप्रसाद श्रेष्ठ, निरन्जन महत्रा, कृष्णप्रसाद ढकाल, सरोज थापा मगर, केशवराज भण्डारी, कृष्णबहादुर सुनार, नोखबहादुर बस्नेत र सपना जिसी हुनुहुन्छ । कार्यक्रममा समाजलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान–पत्र दिएर सम्मान पनि गरिएको थियो । नवनिर्वाचित भएका पदाधिकारीहरुलाई विभिन्न वक्ताहरुले कार्यसफलताका लागि शुभकामना दिनुभयो ।

कार्यक्रममा नेपाली राजदूतावासमा केही महिना अगाडि मात्र नेपालबाट कन्सुलरको पदमा नियुक्ति भएर आउनु भएका भेषबहादुर कार्कीलाई गुल्मी सेवा समाज युएईले भव्य स्वागत पनि गरेको थियो । अधिवेशनको प्रमुख अतिथि रहनुभएका नेपाली राजदूतावास अबुधावीका कार्यवाहक राजदूत नेत्रबहादुर टन्डनले नव निर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना दिनुभयो । अधिवेशनमा गुल्मी सेवा समाज युएईका निवर्तमान कार्यवाहक अध्यक्ष कृष्ण गौतम, दूतावासका कन्सुलर भेषबहादुर कार्की, सहचार्य केशवप्रसाद पोखरेल, कौशल्या टन्डन, केली टन्डन, अंजना कार्की र नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा लगायतको उपस्थित थियो । g3

कार्यक्रम हलमा खचाखच भरिएर बसेका दर्शकहरुको मनोरञ्जनका लागि विविध सांस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष अर्यालले आगामी दिनहरूमा समाजलाई अन्य संघ संस्थाहरुसंग सहकार्य गर्दै अझै सशंक्त ढंगले अगाडि लैजान आफू सधैँ अग्रसर रहने प्रतिबद्धता जनाउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया