Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
खोटाङ – केटीले पहिला नै विवाह गरेको खुलासा भएपछि खोटाङमा एक बेहुलीलाई दुई हप्तापछि माइतीघर फिर्ता गरिएको छ। बेहुला, याम्खा-१ वार्लङका १६ वर्षीय कविराज खत्रीले केटीको पहिल्यै बिहे भइसकेको हल्ला चलेपछि मात्तिम-३ माइती भएकी १६ वर्षीया ती केटीलाई माइतीलाई नै जिम्मा दिएका हुन्।
विवाह भएको दुई हप्तापछि गाउँमा केटीले यसअघि नै विवाह गरिसकेको हल्ला चलेपछि छिमेकी र परिवार बसेर केटीको माइती पक्षलाई नै जिम्मा दिइएको स्थानीय नवराज विष्टले बताए।
स्रोतका अनुसार ती केटीले एकवर्षअघि नै मात्तिमका एक युवकसँग विवाह गरेकी थिइन्।
मावली पक्षले नै केटीको विवाहको चाँजो मिलाएपछि धुमधामका साथ परम्परागत शैलीमा यी दुईको विवाह गरिएको थियो।
तपाईको प्रतिक्रिया