Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- पूर्वराजाहरुले राजगद्दीमा वस्दा लगाउने श्रीपेच सार्वजनिक गर्ने तयारीस्वरुप नारायणहिटीको दराज खोल्दा एउटा होइन, तीनवटा श्रीपेच भेटिएका छन् ।
पूर्वराजाले नारायणहिटी छाड्ने बेला नेपाल सरकारलाई हस्तान्तरण गरेलगत्तै सरकारले ‘पासवर्ड’ प्रयोग गरिएको बलियो र सुरक्षित दराजभित्र नारायणहिटी दरबारबो ‘सैलुन रुम’ मा श्रीपेच राखिएको थियो ।
श्रीपेच छिटो भन्दा छिटो प्रदर्शन गर्नुपर्ने माग बढ्दै गएपछि सुरक्षाको उपाय खोज्ने क्रममा आइतबार दराज खोलिएको थियो । त्यस क्रममा असली श्रीपेचका अलावा पित्तलले बनेका दुईवटा नक्कली श्रीपेच पनि भेटिएका थिए ।
संसदीय ब्यबस्था रहेका बेला राजसंस्थालाई पनि संसदको एक अंगका रुपमा मानिन्थ्यो । त्यसले संसद्मा राजसंस्थाको प्रतिनिधिका रुपमा दुईवटा श्रीपेच सभामुख र राष्ट्रिय सभाका अध्यक्षको आसनसँगै राखिएमा हुन्थे । हस्तान्तरित सामग्रीमा सक्कली श्रीपेच र त्यसको कल्की, दुईवटा नक्कली श्रीपेच, राजदण्ड, बडामहारानीहरुले लगाउने टायरा, सुनकै झारी, सुनको कभरमा राखिने तरबार, चमरलगायत छन् ।
श्रीपेच खोल्ने तथा हस्तान्तरणमा लागि तीनै सचिवलाई बोलाइए पनि समितिको संयोजक रहेका तत्कालीन सामान्य प्रसासन सचिव डा. गोविन्द कुसुम र रक्षासचिव वामनप्रसाद न्यौपाने उपस्थित भएनन् । डा. कुसुमले आफुले सबै कागजात मन्त्रिपरिषद्लाई दिएको बताएपछि पूर्वगृहसचिव उमेश मैनालीको उपस्थितिमा मन्त्रालयका एकजना सहसचिव नेतृत्वको समितिलाई ती सामाग्री जिम्मा लगाएको छ ।
श्रीपेच खोल्ने कार्यक्रममा राजदरबारका तत्कालीन सचिव प्रदीप अर्याल, सुनचाँदी व्वयसायी संघका अध्यक्ष तेजरत्न शाक्य पनि उपस्थित थिए ।
तपाईको प्रतिक्रिया