Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टलाई भीसा समस्याको कारण संयुक्त अरब इमिरेट्स (युएई)को अवुधावी अन्तर्राष्ट्रिय विमान स्थलमा प्रहरीले नियन्त्रणमा लिएको  थाहा भएको छ ।
काठमाडौंबाट इतिहाद एयरवेजबाट उडेका मन्त्रीको जर्मनी जाने भीसा नभएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी सोमबार रातिदेखि अबुधाबी विमानस्थलको अध्यागनमा छन् ।
जर्मनीको एक सम्मेलनमा भाग लिन उनी त्यसतर्फ गएका थिए । युएईस्थित नेपाली दुतावासले मन्त्री अबुधाबी विमानस्थलको अध्यागमनमा भएको जनाउँदै विस्तृत कारण थाहा नभएको बताएको छ ।
जर्मनीमा मंगलबार बिहान पुग्नुपर्ने मन्त्री नपुगेपछि त्यहाँस्थित नेपाली दूतावासले नआएको जनाएपछि उनको सोधखोज सुरु भएको थियो । विष्टसँगै उनकी श्रीमती पनि छिन् ।
तपाईको प्रतिक्रिया