Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
काठमाडौं- बढ्दो सूचना प्रविधिको प्रयोगले बैंकिङ क्षेत्रको सुरक्षामा चुनौति थपिएको विज्ञहरुले बताएका छन् । यो चुनौतिलाई प्रविधिकै प्रयोगले सुरक्षित र विश्वासीलो बनाउन उनीहरुले सम्बद्ध निकायहरुको ध्यानाकर्षण गरे ।
बैंकिङ कारोबारहरुमा वास्तविक व्यक्तिले नै गरेको हो भन्ने यकिन हुने प्रविधि अहिलेसम्म नभएको उल्लेख गर्दै विज्ञहरुले यस्तो समस्या आउनु अघिनै सतर्कता अपनाउन ध्यानाकर्षण गरेका छन् । विज्ञान प्रविधि मन्त्रालय अन्तर्गतको प्रमाणीकरण नियन्त्रक कार्यालयले आयोजना गरेको कार्यक्रममा नियन्त्रक राजनराज पन्तले अरु क्षेत्रभन्दा बैंकिङ क्षेत्र सुरक्षित हुनुपर्ने बताए ।
‘जे जति अपराधहरु छन् अधिकांश पैसाको लागि गरिने हुँदा सूचना प्रविधिमार्फत्  हुने अपराध पनि यस्तै प्रकृतिको हो,’ उनले भने । उनले बैंकिङ क्षेत्रको कारोबारलाई विश्वासीलो बनाउन समस्यालाई तेस्रो पक्षको संलग्नतामा अनुसन्धान गर्नुपर्ने सुझाव दिए ।
राष्ट्र बैंक, विभिन्न निजी क्षेत्रका वित्तीय संस्थाका प्रमुख कार्यकारी, सूचना प्रविधि क्षेत्रमा उच्च अधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा विज्ञान प्रविधि मन्त्री कल्पना धमलाले सूचना प्रविधिको प्रयोगमा भएको वृद्धिसँगै चुनौति समेत बढेको उल्लेख गरिन् । ‘बैंकिङ कारोबारमा सूचना प्रविधिको अत्यधिक प्रयोग बढेको हुँदा जनताको त्यो भरोसालाई भत्किन नदिन सुरक्षित प्रविधि अपनाउनु जरुरी देखिएको छ,’ उनले भनिन् ।
कार्यक्रममा भारतीय सफ्टवयर निर्माता चेकप्वाइन्टका कपिल अगस्थीले संसारभरि बैंकिङ सुरक्षा प्रमुख चुनौति बन्दै गएको हुँदा त्यसलाई डगमगाउन नदिने पहिलनै उपयुक्त प्रविधि अपनाउन आग्रह गरेका थिए।
तपाईको प्रतिक्रिया