Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं- एसिया प्रशान्त क्षेत्रका लागि राजनीतिक मामिलासम्बन्धी राष्ट्रसङ्घीय निर्देशक टाम्राट सामुएलले सभामुख सुवास नेम्वाङलाई भेटी शान्ति प्रक्रिया जतिसक्दो चाँडो टुङ्ग्याएर जनताले चाहेको संविधान समयमै ल्याउनका लागि व्यवस्थापिका-संसद्को प्रमुखका हैसियतले आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
उनले सभामुख नेम्बाङकै कार्यकक्षमा  भेट गरेका हुन् ।
सो अवसरमा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक वस्तुस्थिति, शान्ति प्रक्रिया र संविधान लेखनलगायतका विषयमा छलफल भएको थियो ।
सभामुख नेम्बाङले सबै राजनीतिक दलसँग सहमति कायम गरेर तोकिएको समयभित्रै शान्ति प्रक्रियासँग सम्बन्धित सबै कार्य सम्पन्न गरी संविधान जारी गर्न आफ्नातर्फबाट पहल भइरहेको र पछिल्लो समयमा दलहरु पनि यसतर्फ सचेतताका साथ लागिपरेको जानकारी गराएका थिए ।
निर्देशक टाम्राटले माओवादी लडाकुको बर्हिगमन, राज्य पुनःसंरचना सुझाव आयोगको प्रतिवेदनका साथै दलहरूबीच अहिले जारी छलफलबाट राजनीतिक निकास कसरी निस्कन सक्छ भन्नेबारेमा पनि जिज्ञासा राख्नुभएको भेटपछि सभामुखले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया