Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं — भूकम्प गएको ५ दिनपछि रसुवाबाट ३५ जनाको जीवितै उध्दार गरिएको छ । जिल्लाको हाकु गाविसमा घरको भग्नावशेषबाट उध्दारका लागि चिच्याइरहेको अवस्थामा उनीहरुलाई नेपाली सेनाले बुधबार उध्दार गरेको हो ।

उनीहरु पानी समेत खान नपाई भग्नावशेषमा च्यापिएका थिए । उनीहरुलाई नुवाकोटमा प्राथमिक उपचारपछि थप उपचारका लागि राजधानी ल्याइएको छ । रसुवामा अहिलेसम्म ज्यान गुमानेको संख्या ३ सय ५५ पुगेको छ । प्रहरीका अनुसार ७ सय भन्दा धेरै घाइते भएका छन् ।

राज्यका तर्फबाट अझै राहत वितरण हुन सकेको छैन भने ब्यक्तिगत तर्फबाट जिल्लाका संविभासभा सदस्य तथा स्थानीय व्यक्तिबाट भने केही राहत वितरण भएको छ ।

यसैबीच, बुधबार साँझ सम्म देशभर गरी भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५ हजार २६ पुगेको गृह मन्त्रालयले जनाएको छ । १० हजार २ सय २७ जना घाइते भएका छन् । खोजी र उध्दार कार्य जारी रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ । ***

तपाईको प्रतिक्रिया