Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं- निवर्तमान एनआरएन अध्यक्ष देवमान हिराचनले आफूले संस्थाभित्र एकता काम गर्न उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
उम्मेदवारी फिर्ता लिएर जीवा लामिछानेलाई निर्विरोध निर्वाचित गराउन सघाएका हिराचनले भने, ‘हामी एक विचार भएर अघि बढ्छौं भन्ने नेताहरुलाई देखाउन उम्मेदवारी फिर्ता लिएको हुँ ।’
हिराचनले संस्थाभित्र टुटफुटकोसमेत कुरा आएकाले त्यसलाई देखाउन उम्मेदवारी फिर्ता लिएर लामिछानेलाई सहयोग गरेको बताए ।
नवनिर्वाचित अध्यक्ष लामिछानेले पनि हिराचनको कदमको मुक्तकण्ठले प्रसंसा गरे ।
‘उहाँ मेरो दाइ पनि हुनुहुन्छ, उहाँको एनआरएनमा सुरुदेखि नै सपर्मण थियो, यसको म उच्च मूल्यांकन गर्दछु ।’ यनले हिराचनसहित उपेन्द्र महतो, भीम उदासलगायतको सहयोगमा काम गर्ने बताए ।
तपाईको प्रतिक्रिया