Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौ- बजारमा ग्यासको चरम अभाव भइरहेका बेला कालोबजारी गर्नेहरू धमाधम निगरानीमा पर्न थालेका छन् । ग्यास लुकाएर राख्ने व्यापारीलाई जेल हाल्ने र नगद जरिवाना तिराउने गरी अनुगमन सुरु भएको छ ।
काठमाडौं धोवीचौरका मनकामना ग्यास सप्लायर्सका सञ्चालक रोशनलाल राजभण्डारी यस्तै ग्यास कालोबजारी गरेको अभियोगमा अहिले थुनामा छन् । प्रशासन, वाणिज्य विभाग, आयल निगम र प्रहरी लगायतको संयुक्त अनुगमन टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनले लुकाइराखेको अवस्थामा एक सय ४० सिलिन्डर ग्यास भेटिएको थियो । टोलीले नियन्त्रणमा लिई उनीमाथि कालोबजारी ऐनअनुसार मुद्दा चलाइएको छ । ‘कृत्रिम अभावको सिर्जना गरेकाले नियन्त्रणमा लिई मुद्दा चलाएका छौं,’ काठमाडौं परिसरका प्रहरी नायव उपरीक्षक धीरजप्रताप सिंहले भने ।
अदालतबाट फैसला नभएसम्म उनले प्रहरीको हिरासतमा चिसो छिंडीमा रात बिताउनु पर्नेछ । उनलाई बिगो बराबरको जरिवाना र पाँच वर्षसम्म कैद हुन सक्छ । कालोबजारी ऐन बाहेक उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार कारबाही गरे १२ वर्ष कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ ।
बिहीबारको अनुगमनमा उपत्यकाबाट १ सय ४७ सिलिन्डर बरामद गरेको थियो । उक्त सिलिन्डर बागबजास्थत जीवन श्रेष्ठको घर र कमलपोखस्थित राजन ग्यास डिपोमा बिहीबार फेला पारेको थियो । ललितपुरको राजेश महर्जनको घरबाट ६४ सिलिन्डर बरामद गरेको थियो । श्रेष्ठको घरमा लुकाएर राखिएका १५ थान र कमलपोखस्थित राजन ग्यास डिपोबाट लुम्बिनी, हिमाल र भानु ग्यासका ६८ थान सिलिन्डर बरामद गरेको थियो । महर्जन र श्रेष्ठ फरार छन् । राजन ग्यास स्टोरका सञ्चालक पक्राउ परेका छन् । अन्य डिलरका सञ्चालक पनि नियन्त्रणमा लिइएका छन् ।
तपाईको प्रतिक्रिया