Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं– सरकारले १ सय ४० प्रकारका सूचनालाई गोप्य राख्दै सञ्चारमाध्यमलाई उपलब्ध नगराउने निर्णयविरुद्ध आन्दोलन चर्किरहेकाबेला उद्योगमन्त्री अनिलकुमार झा पनि विपक्षमा उभिएका छन् ।
मन्त्री झाले पनि लोकतान्त्रिक सरकारले सूचना लुकाउने भन्दा पनि जनतालाई सूचना सम्पन्न बनाउनु पर्ने धारणा राख्दै शान्ति र संविधान निर्माणको काम अवरुद्ध हुने गरी सूचना लुकाउने निर्णय गरेकोमा असन्तुष्टि प्रकट गरे ।
समुद्रपारिसँग सोमबार कुरा गर्दै उनले सरकार र दलहरु शान्ति र संविधान निर्माण छाडेर अन्य अन्यै विषयमा अल्झिएको आरोप लगाउँदै सहिदलाई साक्षी राखेर शान्ति र संविधानकालागी शीर्ष नेताहरु ब्यक्तिगत र दलगत स्वार्थ छाडेर सहमतिमा आउनु पर्ने धारणा राखे ।
झाले पछिल्लो घटनाक्रमले सरकारप्रति जनता निराशबन्न थालेको भन्दै जनताको निराशालाई सम्बोधन गर्न दलहरु लाग्नु पर्ने बताए ।
यद्यपि उनले सरकारको विकल्प खोज्नु पर्ने स्थिति भने आई नसकेको धारणा राखे ।
यसैबीच सूचना वर्गीकरण गरी गोप्य राख्न सरकारी कार्यालयलाई उर्दी गरेको विरोधमा नेपाल पत्रकार महासंघले चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

महासंघ मुख्यालय सञ्चारग्राममा सोमबार बसेको आकस्मिक बैठकले तीन दिने आन्दोलन कार्यक्रम घोषणा गरेको केन्द्रीय सदस्य बालकृष्ण बस्नेतले जानकारी दिए । घोषित कार्यक्रम अनुसार मंगलबार दिउँसो ३ बजे संविधानसभा भवन अगाडि कालो ब्यानर राखेर प्रदर्शन गर्ने तथा बुधबार र बिहीबार देशभरका शाखाहरुले प्रदर्शन गर्ने भएका छन् । ‘सरकारको गैरकानुनी र असंवैधानिक उर्दी फिर्ता लिन महासंघको माग छ,’ बस्नेतले भने, ‘उर्दी फिर्ता नलिएसम्म चरणबद्ध आन्दोलन जारी रहन्छ ।
सरकारले वर्गीकरण गरी १ सय ४० प्रकारका सूचनालाई गोप्य राख्न सरकारी कार्यालयलाई निर्देशन दिएको  बुझिएको छ । ***

तपाईको प्रतिक्रिया