Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं –  नेपालस्थित अमेरिकी राजदूत स्कट एच डेलिसीलाई फिर्ता बोलाएर अफ्रिकी मुलुक युगाण्डाको राजदूतका लागि सिफारिस गरिएको छ । उनको पदावधि एक बर्ष बाँकी छंदै अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनलाई युगाण्डाका लागि सिफारिस गरेका हुन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीलाई युगान्डाका लागि राजदूत मनोनयन गरेको ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
डेलिसी सन् २०१० को मार्चदेखि नेपालमा राजदूत छन्।
नेपाललाई छिट्टै छाड्नु पर्दा म दुःखी छु, उनले आफ्नो फेसबुकमा लेखेका छन्। अमेरिकी राजदूतको पदावधि सामान्यतया तीन वर्षको हुने गर्छ। उनलाई एक वर्ष अघि नै नेपालबाट फिर्ता बोलाउन लागिएको हो। ***
तपाईको प्रतिक्रिया