Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
पोखरा– नेपाली कांग्रेसका युवा नेता गगन थापाले माओवादीमा रहेको घमन्डलाई तोड्नकै लागि भए पनि जनमत सङग्रहमा जानुपर्ने बताउनु भएको छ ।
बिहीबार बिहान पोखरामा भएको पत्रकार सम्मेलनमा उहाँले हतियार विनाको माओवादीलाई आफुले जे भन्यो त्यो नेपाली नागरिकले मान्छन् भन्ने भ्रम त्याग्न पनि आग्रह गर्नुभयो ।
माओवादीले हतियार देखाएर आफुलाई ठुलो बनाएको बताउँदै अबको नतिजा अर्कै आउने थापाको भनाई थियो । उहाँले नेपालमा लोकतान्त्रिक संविधान जारी भएरै छाड्ने भन्दै माओवादीसँग अब कुनैपनि सहमति र सम्झौता हुन नसक्ने बताउनुभयो ।
कांग्रेस, शान्ति र संविधानका लागि भन्दै अधिकतम लचक भएपनि माओवादीले आन्तरिक विवाद मिलाउने नाममा देशमा कृत्रिम र नक्कली संकट निर्माण गरेको थापाले आरोप लगाउनुभयो ।
तपाईको प्रतिक्रिया