Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
काठमाडौं- नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले प्रधान मन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएका छन । प्रधान मन्त्रीले पदमा बस्ने नैतिक हैसियत गुमाइसकेको दावी गर्दै उनले बहुमत जुट्नेबित्तिकै अविश्वासको प्रस्ताव ल्याउने खुलासा गरे ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने- त्यसका लागि दलबीच छलफल भइरहेको छ, अहिलेकै अवस्था जारी रहे अविश्वास प्रस्ताव ल्याउनुको विकल्प छैन ।
डा. महतले सात बुँदे सहमतिमा सेना समायोजनसम्बन्धी सम्पूर्ण कुरा स्पष्ट भएको अवस्थामा माओवादीले अहिले आएर सहमतिविपरित पहिला दर्जा निर्धारण र ६ हजार ५ सयभन्दा बढी समायोजन रोजेका लडाकुलाई के गर्नेलगायतका बखेडा झिकेर शान्ति प्रक्रिया रोकेको आरोप लगाउँदै शान्ति प्रक्रियालाई माओवादीले दुहुनो गाई बनाएको दाबी गरे । उनले भने– सात बुँदेअनुसार लडाकुले सेनाको व्यक्तिगत मापदण्ड पूरा गर्छ कि गर्दैन, अहिले नै यो पद र ऊ पद भन्न मिल्छ ?
उनले सहमति गर्ने  र कार्यान्वयन नगर्ने माओवादीको पुरानै चरित्र दोहोरिएको भन्दै फाइदा हुँदा सम्झौता गर्ने र अरुबेला कार्यान्वयन नगर्ने माओवादी चरित्र स्पष्ट भएको दाबी गरे । महतले माओवादी लडाकुको हैसियत सेनाका रुपमा नस्वीकारिएकाले सेनाको समूहगत समायोजन कुनै पनि हालतमा हुन नसक्ने ठोकुवा पनि गरे ।
माओवादीले गरेको सशस्त्र द्वन्द्व इतिहासकै सबैभन्दा महङ्गो बनेको दावी गर्दै महतले २० अर्ब रुपियाँ खर्च, विकास निर्माणमा अवरोध, लोकतन्त्रमा अवरोध र हजारौंको ज्यानको मूल्य चुकाएको आरोप लगाए। उनले भने– अहिलेसम्म भएका कुनै पनि सशस्त्र द्वन्द्वका सहभागीले यत्रो पुरस्कार पाएका थिएनन् ।
महतले युद्द गरेबापत पैसा माग्नेले देशका लागि, परिवर्तनका लागि युद्द गरेको नठहर्नेसमेत ठोकुवा गरे । अहिलेको परिवर्तन सशस्त्र द्वन्द्वले नभई शान्तिपूर्ण जनआन्दोलनले ल्याएको दावी गर्दै जनआन्दोलन संसदीय व्यवस्थाविरुद्ध नभई संसद पुनर्स्थापनाको पक्षमा भएको बताए । उनले भने– जनआन्दोलनले संसदीय व्यवस्थाको महत्व र अपरिहार्यता प्रष्ट पारिसकेको छ । जनआन्दोलनलाई संसदीय व्यवस्थाविरुद्ध थियो भनिन्छ भने त्यो हामी मान्दैनौं ।
तपाईको प्रतिक्रिया