Deneme Bonusu Veren Siteler
मंगलबार, माघ १५, २०८१
Tuesday, January 28, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – मलेसियाले गैरकानुनी रूपमा बसोबास र काम गरेको आरोपमा १६ जना नेपाली कामदारलाई निष्कासन गरेको छ। निष्कासनमा परेका कामदारहरू गत साता नेपाल फर्किसकेका छन्।

निष्कासन गरिएकाहरूमा प्रकाश लिम्बू, रामबहादुर सुनुवार, राजेश शाह, अमितकुमार राम, अर्बिनकुमार यादव, करणकुमार मोची, प्रदीप चोख्याल, डम्बरबहादुर बोहरा, रामदास केवत, सुरजदेव साह तेली, दीपेन्द्र सुब्बा, भीमबहादुर तामाङ, गणेश परियार, मक्का लामा, चित्रबहादुर खत्री र राजनकुमार शाही रहेका छन्। मलेसियाको अध्यागमन निकायका अनुसार, ती व्यक्तिहरूले भिसा अवधि समाप्त भएपछि पनि मलेसियामा बसोबास गर्नुका साथै कम्पनी फेर्ने, श्रम सम्झौताविपरीतको काम गर्ने जस्ता गतिविधिमा संलग्न रहेको पाइएको थियो।

मलेसियाको अध्यागमन कानुन उल्लंघनको कारण ती कामदारहरूलाई पक्राउ गरी कानुनी प्रक्रिया पूरा गरेर निष्कासन गरिएको हो। मलेसियामा नेपाली कामदारको संख्या ठूलो रहेको र उनीहरूको काम र बसोबास सम्बन्धी कानुनी प्रक्रियामा सचेत रहन आवश्यक रहेको विज्ञहरूले औंल्याएका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया