काठमाडौं – अभिनेत्री शिल्पा पोखरेलले निर्माता छवि ओझासँगको आफ्नो सम्बन्ध र त्यसमा उठेका विवादका विषयमा खुलेर धारणा राखेकी छिन् । छविसँग छ वर्षको सहकार्यका क्रममा संयुक्त रूपमा सञ्चित भएको सम्पत्तिबाट आफूले मात्र आफ्नो हिस्साको कमाइ लिएको उनले बताएकी हुन् ।
‘मैले जिल्ला अदालतबाट भएको फैसलापछि सम्पूर्ण अधिकार पाएको छु। यो मेरो हकको लडाइँ हो, जुन मैले जितिसकेको हुँ,’ उनले भनिन्, ‘अंशबापत आधा सम्पत्ति पाएकी छु । मैले माग गरेजति सबै प्राप्त भएको छ ।’
उनका अनुसार, छवि ओझासँगको सहकार्यका क्रममा आफूले गरेको कमाइ मात्र लिने निर्णयमा उनले कुनै सम्झौता नगरेको स्पष्ट पारिन् । ‘मैले अदालतले दिएको अधिकारलाई मान्दै, छ वर्षको सहकार्यबाट सञ्चित सम्पत्तिमा मेरो मात्र कमाइको हक मागेँ। मलाई अरू कुनै सम्पत्ति, जग्गा, वा धातु(धान केही पनि चाहिएन,’ उनले भनिन् ।
‘मलाई बस्नका लागि एउटा घर मात्र चाहिएको थियो, र त्यो मैले आफ्नो कमाइबाट लिएको छु । मानाचामलदेखि चार करोडको घरसम्मका हल्ला सबै बकवास हुन्,’ शिल्पाले भनिन् ।
उनले आफू हाल बसिरहेको घरलाई पनि ४० लाख रुपैयाँ खर्च गरेर बस्न योग्य बनाएको खुलासा गरिन् । साथै, आफ्नो व्यक्तिगत जीवन र मानसिक स्वास्थ्यलाई लिएर कुनै पनि अपमानजनक टिप्पणीलाई कानुनी रुपमा चूनौती दिन तयार रहेको बताइन् । ‘मेरो प्राइभेसी र मानसिक शान्तिलाई सम्मान गर्नुपर्छ, उनले चेतावनी दिँदै भनिन्, ‘यदि त्यसमा खलल पुर्याउने कोसिस भयो भने म फेरि पनि कानुनी बाटो अपनाउन पछि हट्ने छैन ।’Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.