Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा १३ जनाको मृत्यु भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भारतीय सञ्चार माध्यमहरुकाअनुसार मृतकमध्ये चार जना नेपाली रहेको खुलेको छ । दुर्घटनामा परी लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्माको मृत्यु भएको हो ।

बुधबार साँझ उत्तर महाराष्ट्रको जलगाउँ जिल्लामा रहेको पुष्पक एक्सप्रेसमा आगलागी भएको अफवाह फैलिँदा यात्रुहरूले ट्रेनबाट हाम फालेका थिए । यात्रुले रेलको चेन तानेर बाहिर निस्कन थाले भने केहीले रेलबाट हाम फालेका थिए । केही यात्रुहरू ट्र्याकमा यता उता दौडन थाले । यसैबीच अर्को ट्र्याकमा आउँदै गरेको तीव्र गतिको कर्नाटक एक्सप्रेसले कुल्चिदा दुर्घटना भएको हो ।

दुर्घटनाको केही समयपछि स्थानीयवासी घाइतेको उद्धारका लागि घटनास्थल पुगेका थिए । पुष्पक एक्सप्रेस लखनउबाट मुम्बई जाँदै थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया