Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायतमा आफ्नो पदभार सम्हालेका छन्। लण्डनस्थित नेपाली दूतावासका अनुसार उनी शुक्रबार विहान लण्डन पुगेर औपचारिक रूपमा आफ्नो कार्यभार ग्रहण गरेका हुन्। घिमिरेलाई स्वागत गर्न बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि डेभिड पियेरे, नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी र अन्य कर्मचारी हिथ्रो विमानस्थल पुगेका थिए। उनी बेलायतका लागि २३ औं नेपाली राजदूत हुन्।

राजदूत घिमिरेले नेपालको संसदीय सुनुवाइका क्रममा बेलायती गोर्खाहरूको समस्यालाई प्राथमिकताका साथ समाधान गर्न प्रयास गर्ने बताइसकेका छन्। विशेष गरी सन् १९९७ भन्दा अघि बेलायती गोर्खा फौजबाट अवकाश लिएका व्यक्तिहरूको समस्या समाधानका लागि वार्तालाई निष्कर्षमा पुर्‍याउन पहल गर्ने उनको प्रतिबद्धता रहेको छ।

त्यस्तै, उनले बेलायतसँगको विकास सहयोगलाई थप मजबुत बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया