Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
  • घुम्ती सेवामा राहदानी नवीकरणसहित अन्य गरी १ हजार ४५० जनाले सेवा लिएका छन् ।

नागोया – नेपाली राजदूतावास, टोकियोले गैर गैरआवासीय नेपाली संघ, जापान सँगको सहकार्य तथा क्षेत्रीय समिति नागोया सँगको समन्वयमा २०२५ जनवरी ११ देखि १४ तारिखसम्म तोकाई बाटिका ईन्टरनेशनल स्कुल नागोयामा राहदानी तथा अन्य कन्सुलर सेवा सम्पन्न भएको छ । घुम्ती सेवा १३ तारिखसम्म भनिए पनि सेवाग्राहीको अत्यधिक चापको कारण १ दिन थप गर्न परेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

घुम्ती सेवामा राहदानी नवीकरण १ हजार २ सय ३० र अन्य (जन्म दर्ता, कागजात प्रमाणीकरण, अस्थायी अभिलेख) गरी १ हजार ४ सय ५० जनाले सेवा लिएको एनआरएनए क्षेत्रीय समितिका उपसंयोजक एवं कार्यक्रम संयोजक योवन देवानले जानकारी दिए । सेवा लिन आईचि, गिफु, मिए, क्यूसु, फुकुई लगाएमा बसोबास गर्नेहरू आएका एनआरएनए नागोयाका उपसंयोजक देव घिमिरेले जानकारी गराएका छन् ।जापानको नागोयामा घुम्ती सेवा नभएको भए नेपाली राजदूतावास टोक्यो जानु पर्दा १ जनाको यातायात एवं अन्य खर्च गरि करिब २५ हजार येन लाग्ने गर्छ । घुम्ती सेवामा सेवा लिएका १ हजार ४ सय ५० जनाको प्रतिव्यक्ति २५ हजारका दरले पनि टोकियो जाने र फर्कने खर्चको हिसाब गर्दा ३ करोड ६२ लाख ५० हजार हुन आउँछ । जुन खर्च नेपालीको बचत भएको छ । त्यसबाहेक नयाँ ठाउँमा जाँदा हुने झन्झट र सयौँ किलोमिटर जाँदा लाग्ने समय त छदैछ ।२ लाख भन्दा बढी नेपालीहरू जापानमा रहेको अवस्थामा नेपाली राजदूतावास टोकियोलाई सीमित श्रोत र साधनका बाबजुद नेपालीहरूलाई सेवा प्रदान गरि रहेको बताउँदै जापानभरी बेलाबेलामा यस्ता घुम्ती सेवाले नेपालीलाई अझ सहजता हुने जापानका लागी नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको धारणा छ ।घुम्ती सेवा सञ्चालन गर्न नागोयामा रहेको तोकाई बाटिका ईन्टरनेशनल स्कुलले आफ्नो भवन उपलब्ध गराएको थियो । सबैलाई सहज होस् भन्ने हेतुले घुम्ती सेवाको लागी विद्यालय भवन उपलब्ध गराइएको तोकाई बाटिका ईन्टरनेशनल स्कुलका प्रमुख सञ्चालक डा सुदिप अधिकारीले बताए ।घुम्ती सेवालाई सहज बनाउन राजदूतावासले गुगल फारममार्फत सेवाग्राहीहरूको  तथ्यांक संकलन गरे पनि फारम निकै कम समय मात्र खुलेको सेवाग्राहीको गुनासो थियो । सेवाग्राहीको अत्यधिक चापका कारण राति अबेर सम्म सेवाग्राहीलाई सेवा प्रदान गरिएको देख्न सकिन्थ्यो  घुम्ती सेवामा भिडको कारण व्यवस्थापन गर्न स्यमं सेवकलाई हम्मेहम्मे परेको थियो । जापानको नागोयामा रहेका नेपालीका सामाजिक संघ, संस्थाबाट स्यमं सेवकहरू खटिएका थिए ।घुम्ती सेवामा स्थान उपलब्ध गराउने तोकाई बाटिका ईन्टरनेशनल स्कुल, राजदूतावास, चारै दिन स्वयं सेवक उपलब्ध गराउने सुदूरपश्चिम समाज नागोयासहित सबै संघ संस्थाहरूलाई एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले आभार व्यक्त गरेका छन् । घुम्ती सेवा बाट २ करोड ७७ लाख ५२ हजारको राजस्व संकलन भएको एनआरएनए क्षेत्रीय समिति नागोयाका सह कोषाध्यक्ष मित्र सिग्देलले बताए ।घुम्ती सेवाका लागी सहजता प्रदान होस् भन्ने हेतुले टोकियोबाट कार्यक्रम स्थल नागोया आएका एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले यस्ता सामाजिक गतिविधिमा आफूलाई समावेश हुन पाउँदा सन्तुष्टि मिल्ने बताए । यस प्रकारका घुम्ती सेवा जापानभर सञ्चालन गर्न पहल गर्ने उनको भनाई छ । Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया