Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

टोकियो – नेपाल मगर संघ जापानको माघे संक्रान्ति विशेष साँगीतिक कार्यक्रमका लागि गायिकाद्वय संगिता थापा मगर र रितु थापा मगर जापान आईपुगेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गायिकाद्वयको स्वागतमा संघले शनिबार साँझ आयोजना गरेको भेटघाट तथा डिनर कार्यक्रममा बोल्दै संघका अध्यक्ष रामहरि खपाङ्गी मगरले जापानमै अध्ययनरत मृगौला पीडित म्याग्देली चेली एलिना पुन मगरको स्वास्थ्य उपचारमा सहयोग गर्ने पवित्र उद्देश्यले जापानका विभिन्न ६ वटा सहरमा माघे संक्रान्ति विशेष साँगीतिक कार्यक्रमको आयोजना गरिएको बताए ।

उक्त कार्यक्रमका लागि लोकप्रिय गायिका संगिता थापा मगर शनिबार अपरान्ह जापान आईपुगेकी हुन् भने रितु थापा मगर केही दिन अगाडि नेपालबाट जापान आएकी हुन् । हाल अमेरिकामा बस्दै आएकी संगिता पहिलोचोटी जापान आएकी हुन् भने अर्की गायिका रितुको यो दोस्रो आगमन हो । अतिथि कलाकारद्वयलाई जापानमै रहेका दर्जनौ स्थानीय कलाकारहरुले साथ दिने भएका छन् ।

गायिकाद्वयको स्वागतमा आयोजित भेटघाट तथा डिनर कार्यक्रममा बोल्दै संघका महासचिव भिक्टर ठाडा मगरले संघको सम्बन्धित क्षेत्रीय कमिटीहरुको आयोजनामा जनवरी १२ तारिख आइतबार नागोया, १३ तारिख सोमबार ओसाका, १४ तारिख मंगलबार फुकुओका, १४ तारिख मंगलबार नै ओकिनावा, १८ तारिख शनिबार गुन्माकेन र १९ तारिख आइतबार टोकियोमा माघेसंक्रान्ति विशेष साँगीतिक कार्यक्रम हुने जानकारी दिए ।

सो अवसरमा बोल्दै संघका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ सल्लाहकार नविन थापा मगरले मगर समुदायको सामाजिक, साँस्कृतिक र ऐतिहासिक धरोहर पर्वकारुपमा रहेको माघेसंक्रान्तिलाई विदेशमा पनि हर्षोल्लासका साथ मनाउने र आफ्नो रितिरिवाज, परम्परा तथा साँस्कृतिक वैभवलाई संबर्द्धन गर्दै हुर्कदों नयां पुस्तामाझ समेत उजागर गर्दै जाने उद्देश्यले हरेक वर्ष संघले राजधानी टोकियो लगायत अन्य प्रमुख सहरहरुमा माघेसंक्रान्ति विशेष साँगीतिक कार्यक्रम गर्दै आईरहेको बताए ।

यसैगरी पूर्व अध्यक्ष समेत रहेका संरक्षक थानु राना मगरले अत्यन्त मानवीय तथा परोपकारी उद्देश्यले जापानका प्रमुख ६ वटा सहरहरुमा आयोजित माघेसंक्रान्ति विशेष साँगीतिक कार्यक्रममा आफुलाई पायक पर्ने ठाउँमा उपस्थित भई साथ, सहयोग र समर्थन गरिदिन जापानबासी नेपालीहरुलाई अपिल गरे । गायिकाद्वयलाई संघका अध्यक्ष लगायत पदाधिकारीहरुले खादार्पण गरेर स्वागत गरेका थिए ।

सो अवसरमा बोल्दै गायिका संगिताले लामो समयदेखि थाती रहेको जापान टेक्ने सपना पूरा भएकोमा आयोजकप्रति आभार ब्यक्त गरिन् भने अर्की गायिका रितुले ६ वर्षपछि पुनः जापान आएर नेपाल मगर संघको कार्यक्रममा स्टेज शियर गर्ने अवसर पाएकोमा ज्यादै खुशी लागेको बताईन् ।

नेपाल मगर संघ जापान, जापानमा क्रियाशील संघसंस्थाहरुको अग्रपंत्तिमा रहेको एक ऐतिहासिक विरासत बोकेको स्थापित संस्था मानिन्छ । हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा नेपालबाट लोकप्रिय कलाकारहरु आमन्त्रित गरी लाङ्घाली साँझ कार्यक्रमको आयोजना गर्दै आएको संघले केही वर्ष यता भने माघेसंक्रान्तिका अवसरमा कार्यक्रम गर्दै आईरहेको हो । ***

तपाईको प्रतिक्रिया