Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – गायिका ज्योति मगरले लोकदोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरमाथि एउटा सामाजिक सञ्जाल पोस्टमार्फत् गम्भीर प्रश्न खडा गरेकी छन् । लोकदोहोरी गीत ‘म त ढले ढले’ को सफलतासँग जोडिएको पार्टीमा रीता थापाको सहभागितालाई लिएर ज्योतिले आलोचना गरेकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५ समयः साँझ १७ बजे स्थानः आराकावा सन पर्ल हल आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय गीता पाईजा पुन मगर र प्रगति पुन मगर आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनको पोस्टमा लेखिएको छ, ‘हिजोका दिनमा ‘काले के के बोल्यो मलाई बिस्ताराले पोल्यो’ जस्ता गीतलाई संस्कृति भड्काउने भन्दै विरोध गर्ने प्रतिष्ठान अहिले ‘म त ढले ढले’ जस्तो गीतको सफलतामा केक काट्न पुग्नु, के यो तर्कसंगत छ ?’ उनले प्रतिष्ठानलाई ‘सो कल्ड आदर्शवादी’ भन्दै व्यंग्यसमेत गरेकी छिन् ।

बिहीबार युट्युबमा ५ करोड भ्युज पुगेको खुशीयालीमा ‘म त ढले ढले’ को निर्माण टिमले सफलता उत्सवको आयोजना गरेको थियो। उक्त कार्यक्रममा रीता थापा मगरको उपस्थिति देखिएको थियो ।

ज्योति मगरको यस अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया बटुलेको छ । समाचार तयार पार्दासम्म उनको पोस्टलाई करिब २ हजार २ सयले मन पराएका छन् भने ५ सयभन्दा बढीले कमेन्ट गरेका छन् । कतिपयले ज्योतिको धारणा सही रहेको उल्लेख गरेका छन् भने अरूले यसलाई व्यक्तिगत आक्रोशका रूपमा समेत व्याख्या गरेका छन् । ***

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया