Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

काठमाडौं – चीनसहित नेपाल, भारत र भुटानका विभिन्न स्थानमा धक्का अनुभव गरिएको शक्तिशाली भूकम्पका कारण तिब्बत क्षेत्रमा कम्तीमा ९५ जनाको मृत्यु भएको र सयौँ घरहरू भत्किएको विवरण चिनियाँ अधिकारीहरूले बताएका छन् ।

वर्गीकृत विज्ञापन

Ad here
सम्पर्क: 080-4150-5314
Ad here
सम्पर्क: 080-4150-5314
Ad here
सम्पर्क: 080-4150-5314
Ad here
सम्पर्क: 080-4150-5314

चिनियाँ निकायहरूका अनुसार नेपाल-चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पछि कैयौँ परकम्पहरू मापन गरिएको छ । नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चीनमा म्याग्निट्यूड ७ मापन गरिएको उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड थियो भने नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ । चिनियाँ निकायहरूले भने उक्त भूकम्पको म्याग्निट्यूड ६.८ भएको जनाएका छन् ।

भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा सयौँ भवनहरू भत्किएका र १३० जना घाइते भएको पुष्टि चिनियाँ अधिकारीहरूले पुष्टि गरेका छन् । उक्त क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ । शिगात्से तिब्बती बौद्ध धर्मगुरु पन्चेन लामा बस्ने धार्मिक केन्द्र हो । उनी तिब्बती बुद्ध धर्मका एक महत्त्वपूर्ण व्यक्तित्व हुन् ।

चिनियाँ सेनाले उद्धार प्रयास सुरु गरेको र मानवरहित ड्रोनलाई सगरमाथानजिकै अवस्थित दुर्गम क्षेत्रमा परिचालित गरेको जनाएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया