समाचार सुन्नुहोस :
काठमाडौँ – आफ्नो मन्त्रिमण्डलका अर्थमन्त्रीले राजीनामा दिएको केही दिनमै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। यद्यपि, लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्री रहनेछन्।
जस्टिन ट्रुडोले स्थानीय समयअनुसार सोमबार बिहान पत्रकार सम्मेलनमा राजीनामाको घोषणा गर्दै भने, ‘प्रधानमन्त्रीका रूपमा हरेक दिन सेवा गर्न पाउनु सम्मानको कुरा हो हामीले महामारीको समयमा सेवा गर्यौँ, बलियो लोकतन्त्रको लागि काम गर्यौँ, राम्रो व्यापारका लागि काम गर्यौँ। सबैलाई थाहा छ( म लडाकु हुँ।’