Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

काठमाडौं – चीनमा मंगलबार बिहान गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । सरकारी सञ्चारसंस्था सिन्हवाका अनुसार ६२ जना घाइते भएका छन् । सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मंगलबार बिहान ९ बजेर ५ मिनेटमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

New Feature Coming Soon---
----

भूकम्पले घरहरु भत्किएका छन् । भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पठाइसकिएको छ । एक हजार पाँच सय बढी उद्धारकर्मी खटाइएको छ । अहिले पनि डिङ्ग्रीमा भूकम्पको पराकम्प गइरहेको बताइएको छ ।
भूकम्पको धक्का नेपालसहितका देशहरुमा गरिएको थियो । अहिलेसम्म चीनबाहेक अन्य देशहरूमा मानविय क्षति भएको जानकारी आइसकेको छैन ।

राजधानी काठमाडौँसहित देशभर नै धक्का महसुस गरिएको थियो । तर पूर्वी नेपालका संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ्ग, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, इलाममा भूकम्पको कडा धक्का महसुस भयो । यसको धक्का नेपालसँगै भारत, बंगलादेश र भुटानमा पनि गरिएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया