Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

काठमाडौं – चीनसहित नेपाल, भारत र भुटानका विभिन्न स्थानमा धक्का अनुभव गरिएको शक्तिशाली भूकम्पले तिब्बतमा मानवीय क्षति पुगेको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएको छ ।

New Feature Coming Soon---
----

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले तिब्बती क्षेत्रमा हालसम्म ३६ जनाको मृत्यु भएको थाहा भएको जनाएको छ । ६ दशमलव ८ म्याग्निट्यूडको भूकम्पले तिब्बतको सिगात्से सहरका भवनहरूलाई भत्काएको छ भने मानिसहरू भागेर सडकमा निस्किएका थिए । सामाजिक सञ्जालहरूमा राखिएका भिडिओहरूमा लात्से नगर नजिकै पसलहरू भत्किएको देख्न सकिन्छ ।

भूकम्पको धक्का ४०० किलोमिटर पर अवस्थित नेपालको राजधानी काठमाण्डूमा पनि महसुस गरिएको थियो भने भारतको उत्तरी राज्य बिहारमा पनि कम्पन महसुस गरिएका थिए । त्यसैगरी भुटानको राजनधानी थिम्पूमा पनि भूकम्पको धक्का अनुभव गरिएको बताइएको छ ।

अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्पको म्याग्निट्यूड ७ दशमलव १ भएको र गहिराइ १० किलोमिटर रहेको जनाएको छ ।

नेपाली समय अनुसार बिहान ६: ५० तिर उक्त भूकम्पको धक्का महसुस गरिएको थियो। त्यसपछि पनि नेपालको लोबुचे क्षेत्रभन्दा उत्तर पूर्वमा पर्ने चिनियाँ भूमिलाई केन्द्रबिन्दु बनाएर आधा दर्जन भन्दा बढी भूकम्पहरू गएको अभिलेख गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरूले उक्त भूकम्प पश्चिम बङ्गाल, असम र बिहार र दिल्लीसहित उत्तर भारतका विभिन्न स्थानमा पनि महसुस भएको जनाएका छन् । भुटानमा पनि भूकम्पको धक्का महसुस गरिएका विवरण आएका छन् ।

दक्षिण पश्चिम चीनमा बारम्बार भूकम्पको प्रभाव देखा पर्ने गर्छ । सन् २००८ मा सिचुआन प्रान्तमा एउटा भीषण भूकम्पले करिब ७० हजार जनाको ज्यान लिएको थियो । बीबीसी

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया