Deneme Bonusu Veren Siteler
बुधबार, पौष १७, २०८१
Wednesday, January 1, 2025

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई १८० किलोको विशेष मालासहित नागरिक अभिनन्दन गरिएको छ। नेकपा (एमाले) पर्सा कमिटीद्वारा आइतबार आयोजित कार्यक्रममा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले प्रधानमन्त्री ओलीलाई सम्मान गरेको हो।

२०७९ सालको स्थानीय तह निर्वाचनमा यस गाउँपालिकाका अध्यक्ष पदमा एमालेका जसवन्त यादव निर्वाचित भएका थिए। कार्यक्रमको आयोजना अध्यक्ष यादवकै अगुवाइमा गरिएको थियो। एमाले पर्सा कमिटीका अनुसार प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दनका लागि विशेष कार्यक्रम तयार गरिएको थियो।

उक्त कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जैसवालसहित केही नेता एमालेमा प्रवेश गरेका थिए। प्रदीप जैसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा आवद्ध थिए।

तपाईको प्रतिक्रिया