काठमाडौँ – काठमाडौँका कवाड व्यवसायीले मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध प्रदर्शन गरेका छन्। कवाड व्यवसायी संघर्ष समितिको नेतृत्वमा भएको यो प्रदर्शनमा व्यवसायीहरूले आफूहरूलाई महानगरपालिकाले अनावश्यक दुःख दिँदै विस्थापित गर्न खोजेको आरोप लगाएका छन्। उनीहरूले नाराबाजी गर्दै प्लेकार्डहरू प्रदर्शन गरेका थिए।
काठमाडौँ महानगर प्रहरीले कवाड व्यवासायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइज्जती गरेको भन्दै उनले गुनासो गरे। साथै, अदालतले कवाड व्यवसाय नहटाउन आदेश दिए पनि महानगरले आदेशको उल्लङ्घन गरेको उनीहरूको दाबी छ। प्रदर्शनको क्रममा व्यवसायीहरूले सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्दै आफ्नो विरोधलाई थप रचनात्मक बनाएका थिए।