काठमाडौँ – काठमाडौंको सेतोपुलमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घटनाबारे पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएपछि बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको हो ।
दैलेखको नारायण नगरपालिका–६ निवासी, हाल काठमाडौँ महानगरपालिका–३० को सेतोपुलमा बस्दै आएका सम्राट् बस्नेत र सरोज महतराले किशोरीलाई पुस ९ गते घुम्न जाने बहानामा ललाई फकाई आफ्नो डेरामा लगेर बलात्कार गरेको आरोप छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।