Deneme Bonusu Veren Siteler
बुधबार, पौष १७, २०८१
Wednesday, January 1, 2025

काठमाडौँ- आइतबार सेयर बजार २१.१२ अंक घटेको छ । योसँगै आज नेप्से परिसूचक २६०९ मा कायम भयो । पौने १ बजे बजार २६४० अंकसम्म पुगेको थियो । यद्यपि अडिन भने सकेन । आज कारोबार रकम सामान्य बढेको छ ।

गत बिहीबार ५ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४७ करोडको भयो । आइतबार ६९ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो । दुई कम्पनीको मूल्य स्थिर रह्यो । माइक्रोफाइनान्स सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढेको छ । त्यस्तै, अन्य समूह ०.२९ प्रतिशत बढ्यो ।

फाइनान्स समूह सबैभन्दा धेरै ४.४७ प्रतिशत घट्यो । बैंकिङ ०.८७, विकास बैंक २.६५, हाइड्रोपावर १.७३, लगानी ०.६६, जीवन बीमा ०.३९, उत्पादन ०.८१, निर्जीवन बीमा ०.१२ तथा व्यापार समूह १.०३ प्रतिशत घटे ।

 

तपाईको प्रतिक्रिया