Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरक्षा निकायका अस्पतालहरूबाट सर्वसाधारणलाई सेवा प्रदान गर्न पहल गरेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमा सर्वसाधारणको पहुँच सुनिश्चित गर्न मन्त्री पौडेलले अतिरिक्त सचिव डा. टंक बराकोटीको नेतृत्वमा कार्यदल गठन गरेका छन्। उक्त कार्यदललाई आवश्यक कार्यविधि तयार पार्न र यसलाई कार्यान्वयन गर्न सम्भावनाबारे प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी दिइएको छ।

२०७४ सालको मन्त्रिपरिषद् निर्णयअनुसार यी अस्पतालहरूबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्न प्रस्ताव गरिएको थियो। यसै निर्णयलाई अघि बढाउँदै स्वास्थ्य मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूसँग सहकार्य गर्ने ढाँचा तयार पार्न निर्देशन दिएको छ। मन्त्री पौडेलले हालै कार्यदललाई सशस्त्र प्रहरीद्वारा सञ्चालित अस्पतालहरूको अध्ययन गर्नसमेत भनेका छन्। कार्यदलमा गृह तथा रक्षा मन्त्रालयका प्रतिनिधिहरूसहित सुरक्षा निकायका अस्पतालका अधिकारी र मन्त्रालयका विज्ञहरू सामेल छन्।

मन्त्री पौडेलका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार यो पहलले सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालका सेवा आम नागरिकका लागि खुला गर्न सहयोग पुग्नेछ। कार्यदलले चाँडै प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया