Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक ऋण असुली रोक्न उच्च अदालत विराटनगर इलाम इजलासमा दायर गरेको रिट खारेज भएको छ । यससँगै बैंकले उनलाई दिएको ऋण असुल गर्ने प्रक्रिया अघि बढाउन पाउने भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कुमारी बैंकको विर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईंले निषेधाज्ञाको माग गर्दै रिट दायर गरेका थिए । मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले रिट खारेज गरेपछि अब बैंकलाई कानुनी रूपमा ऋण असुलीको अधिकार सुनिश्चित भएको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार बैंकबाट २ अर्बभन्दा बढी ऋण लिएका प्रसाईंले पछिल्ला वर्षहरूमा ऋण नतिर्ने र मिनाहा गराउनुपर्ने माग राख्दै अभियान सञ्चालन गर्दै आएका थिए । उनका गतिविधिले लघुवित्त संस्थाहरूको ऋण असुली प्रभावित भएको थियो । बैंकहरूले ऋण असुल गर्न ताकेता गरेपछि उनले निषेधाज्ञाका लागि अदालतको सहारा लिएका थिए ।

अदालतले आफ्नो आदेशमा प्रसाईंले यसअघि ऋण सम्बन्धी विषयमा कानुनी उपचारका अन्य प्रक्रिया अपनाइसकेको जनाउँदै हालको रिटमा माग बमोजिम आदेश जारी गर्न आवश्यक नदेखिएको उल्लेख गरेको छ ।

२०७९ असार ८ मा दायर गरिएको यो रिटको सुनुवाइ ९ पटक स्थगित भएको थियो । मंगलबारको फैसलासँगै बैंकहरूले धितो लिलामीमार्फत ऋण असुली गर्न सक्ने कानुनी आधार प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया