काठमाडौं – चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफको सम्भावना बलियो बनाएको छ । शनिबार शीर्ष स्थानको जनकपुर बोल्ट्सलाई ३२ रनले हराउँदै चितवनले प्लेअफ सम्भावना बलियो बनाएको हो ।
चितवनसँग पराजित जनकपुरले भने यसअघि नै प्लेअफको यात्रा गरिसकेको छ । आफ्नो सातौं खेलमा चितवनले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा १ सय ४८ रनमै अलआउट भयो ।
जितले चितवनको प्लेअफ सम्भावना बलियो बनेको छ । लिग चरणमा उसले चारमा जित र तीन खेलमा हारको सामना गर्यो । चितवनविरुद्ध हार बेहोरेको जनकपुरले यसअघि नै प्लेअफको यात्रा गरिसकेको थियो ।
लिग चरणमा उसले सातमध्ये पाँचमा जित र दुई खेलमा हार बेहोर्यो । चितवनसँग जनकपर हार्दा छैटौँ र सातौं स्थानका विराटनगर किंग्स र पोखरा एभेन्जर्स एक खेलअगावै प्लेअफको दौडबाट बाहिरिएका छन् ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.