Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जहाँ पुग्यो त्यहाँ जिन्दावादको नारा लागेको बताएका छन् । रुपन्देहीको तिलोत्तमामा आयोजित नेकपा माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रचण्डले भने, ;जहाँ पुग्छु, त्यहीँ पार्टी नेतृत्वको समर्थनमा जिन्दावादका नाराहरू गुञ्जिन्छन् । नेपाली जनताले दिएको यो भरोसा कहिल्यै तोड्न दिनेछैन ।’

प्रचण्डले माओवादी केन्द्र नै जनता र परिवर्तनको पक्षमा सच्चा लड्ने पार्टी भएको दाबी गरे । ‘नेपाली जनताले मनमनै निर्णय गरिसकेका छन् कि परिवर्तनको पक्षमा लड्ने र जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र हो । माओवादी केन्द्र र यसको नेतृत्वप्रति जनताको विश्वास दिनदिनै गाढा हुँदै गएको छ,’ उनले भने।

सरकारको नेतृत्वमा रहँदा जनहितका कामलाई प्राथमिकतामा राखेको भन्दै प्रचण्डले भ्रष्टाचारविरुद्ध सुशासन अभियान, सामाजिक न्याय, र छिमेकी राष्ट्रहरूसँग दुरगामी हित हुने सम्झौताहरू गरेका प्रयासहरूको चर्चा गरे । ‘भ्रष्टाचार विरुद्धको कारबाही गर्दा म सधैं अग्रभागमा रहेँ। मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न ऐन ल्याएर काम गरियो, विदेशमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने पहल गरियो, र अर्थतन्त्र सुधार्न सरकारबाट अनेक प्रयासहरू भए,’ प्रचण्डले थपे ।

उनका अनुसार, हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले राजनीतिक परिदृश्यमा को बिस्तारै शक्तिशाली हुँदै छ र को पछाडि परिरहेको छ भन्ने प्रस्टसँग देखाएको छ । उनले माओवादी केन्द्रको नेतृत्वमा अघि बढाइएका योजनाहरू जनताले सकारात्मक ढंगले ग्रहण गरिरहेको उल्लेख गर्दै पार्टीप्रति जनताको विश्वास झनै बढ्दै गएको दाबी गरे ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया