Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – ज्येष्ठ नागरिकले जरिवानाबापत बस्नुपर्ने कैदमा अब छुट पाउने भएका छन् । सर्वोच्च अदालतले यसबारे महत्वपूर्ण फैसला गर्दै ज्येष्ठ नागरिकलाई कैद छुट दिनुपर्ने व्यवस्था प्रष्ट्याएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

८० वर्षीय इन्दुकान्त शर्मा अधिकारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतको संयुक्त इजलासले यस्तो फैसला गरेको हो । ६ कात्तिकमा भएको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा, ज्येष्ठ नागरिकका  लागि कैद छुटबारे विस्तृत व्याख्या गरिएको छ । यसअघि जिल्ला र उच्च अदालतले गरेको संकुचित व्याख्या सर्वोच्चले अस्वीकार गरेको छ ।

न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले संयुक्त राज्य अमेरिका र भारतका मुद्दाहरूको अध्ययन गर्दै, निश्चित उमेर पुगेपछि ज्येष्ठ नागरिकलाई कैदमा छुट दिनुपर्ने निष्कर्षमा पुगेको हो । सर्वोच्चले संवैधानिक र कानुनी व्यवस्थाअनुसार ज्येष्ठ नागरिकले पाउने सुविधालाई रोक्ने व्याख्या गर्न नमिल्ने ठहर गरेको छ ।

पूर्णपाठमा भनिएको छ, ‘विधायिकाले कानुन निर्माण गर्दा ज्येष्ठ नागरिकलाई कैद छुट दिन सकिने प्रावधानलाई महत्त्व दिएको स्पष्ट छ । यस्तो अवस्थामा संकुचित व्याख्याका आधारमा उनीहरूलाई स्वाभाविक रूपमा पाउन सकिने सुविधा उपलब्ध नगराउनु संवैधानिक र कानुनी व्यवस्थाविपरीत हुन्छ ।’

सर्वोच्चले रिटकर्ता अधिकारीलाई ७५ प्रतिशत कैद छुट दिन सकिने निर्णय गरेको छ । अधिकारी ७५ वर्ष नाघेका नागरिक हुन् र उनले नकारात्मक सूचीमा पर्ने कुनै कसुर गरेका छैनन् । उनले २५ प्रतिशत सजाय भुक्तान गरिसकेको कारणले जरिवाना नबुझाएको आधारमा उनलाई जेलमा राखिराख्न नपर्ने फैसला भएको छ । अधिकारीलाई यसअघि बैंकिङ कसुरका तीन फरक मुद्दामा सजाय तोकिएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया