Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

अबको केहि हप्तामा यो वर्ष २०२४ ले हामीबीचबाट बिदा लिदैं छ । यो वर्षभरि आफ्नो जीवनयात्रा के कस्तो रह्यो, के कति लक्षित कार्यहरु सम्पन्न हुन सके र के कति अधुरा र अपुरा नै रहे मिहिन ढंगले समीक्षा गर्ने र आगामी वर्षका लागि नयाँ कार्ययोजना तय गर्ने महत्वपूर्ण घडिमा अहिले हामी उभिएका छौं । आफ्नो उमेरमा अर्को १ वर्ष थपिने गरी आगमन हुन लागेको नयाँ वर्ष २०२५ को संघारमा उभिदै गर्दा हामीलाई विगतले सिकाएको पाठबाट शिक्षा लिदैं अबको समय सार्थक र उपलब्धिमुलक बनाउन भरमग्दुर प्रयत्न गर्नुपर्दछ । विगतका वर्षहरुभन्दा आगामी वर्षलाई थप उन्नत र परिणाममुखी बनाउन हाम्रा दैनिक जीवनशैली, खानपान, आचरण र समय ब्यवस्थापनलाई उत्कृष्ट ढंगले ब्यवहारमा उतार्न सक्नुपर्दछ । त्यसका लागि अहिलेदेखि नै आन्तरिक तैयारी र गृहकार्य गरी अब आउने नयाँ वर्षलाई जीवनकै महत्वपूर्ण वर्ष बनाउन अधिकतम मिहिनेत गर्यौं भने त्यसको सुखद परिणामको अपेक्षा गर्न सकिन्छ ।
हाम्रो जीवनमा असल समय प्राप्त गर्नुअघि खराब समयको सामना गरेर आफुलाई परीक्षामा उत्तीर्ण गराउनुपर्ने हुन्छ । त्यसो भएको हुनाले अहिले खराब समय चलिरहेको छ भने पनि उच्च मनोवलका साथ त्यसको सामना गर्दै असल समयको प्रतीक्षा गर्न सक्यौं भने त्यो सुखद समयको पर्खाइमा खराब समयलाई ढकेल्न सकिन्छ ।
जापानको नेपाली समुदाय हिजोभन्दा आज बृहत र ठूलो हुँदै गईरहेको छ । नेपालीहरुबीचको मेलमिलाप, एकता र भाइचारालाई थप मजबुत बनाउँदै पारस्परिक सहयोग आदान–प्रदान गर्ने सँस्कार र सँस्कृति अझ परिष्कृत बनाउन जरुरी छ । हामी विश्वकै उन्नत, समृद्ध र सँस्कारयुक्त समाजमा छौं । यहाँ हामीलाई आफ्नो जीवन भोगाईको क्रममा बिहानदेखि बेलुकीसम्म पाईला–पाईलामा सिक्ने अवसरहरु प्राप्त छन् । उपलब्ध अवसर र संभावनाहरुबाट अधिकतम लाभान्वित हुन र हाम्रा कारण समाजमा असहज उत्पन्न हुन नदिन हामी हदैसम्म सचेत एवम् सतर्क हुन जरुरी छ । विदेशमा बस्दै गर्दा एकजना नेपालीबाट हुने संभावित अवाञ्छित क्रियाकलापबाट सिंगो राष्ट्रकै नाम बद्नाम हुने भएकोले हामीले असल र सभ्य नागरिकको परिचय दिलाउन सक्नुपर्दछ ।
पछिल्लो समयमा नेपालीहरुको जापान आउने क्रम अत्यधिक बढ्दो छ । जापानको बारेमा थोरबहुत नेपालमै अध्ययन गरेर, मसिनोगरी बुझेर र सिरियस्ली मनन् गरेर आउनेभन्दा एकैचोटी जापानमा पाईला टेक्न आउने र भोलिपल्टदेखि पाईलैपिच्छेका समस्यासंग जुध्नुपर्ने स्थितिबाट गुज्रेका नेपालीहरुको संख्या अहिले बढ्दो छ । कम्तिमा पनि जापानको रहनसहन, चालचलन, भाषा, सँस्कृति, खानपान, दैनिक जीवनयापनका आधारभुत जानकारी लिएर आउने हो भने जापानको सुरुवाती दिनदेखि नै दैनिक जीवन सहज बनाउन सकिन्छ ।
कलिला किशोरकिशोरीहरुलाई नेपालका स्कुल या कन्सल्ट्यान्सीहरुले धमाधम जापानको रंगिन सपना बाँडिरहेका हुन्छन् भने अर्कोतिर मध्यस्थकर्ताहरुले त झन जापानमा पैसाको रुख नै भएजसरी भ्रम छरिरहेका हुन्छन् । यो गलत प्रवृत्तिले गर्दा जापान आउने हाम्रा नवप्रवेशी युवायुवतीहरुमा नकारात्मक प्रभाव परिरहेको छ । जापान आउनुअघि जापानलाई मसिनोगरी बुझ्न जरुरी छ । यहाँको भाषा कम्तिमा पनि कामचलाउ लेभलको सिकेर आउन आवश्यक छ । जापानमा आफ्नै बुतामा उभिन सक्ने हुन जो कोहीलाई केहि समय लाग्न सक्छ । त्यतिञ्जेल असजिलो पर्दा सोधपुछ गर्ने र सरसल्लाह दिनसक्ने हैसियत भएको एकजना भरपर्दो अभिभावकको गाइडलाइनमा चल्ने हो भने पनि धेरै हदसम्म यहाँको दैनिकी सहज बनाउन सकिन्छ । अन्यथा उस्तै उस्तै उमेरसमुहका आलाकाँचाहरुको संगत र सर्कलमा भ्रामक र तथ्यहिन समाचारले मात्र स्थान पाउने हुँदा सिक्ने र पाउने भन्दा गुमाउने गरेका घटनाहरु बाक्लिन थालेका छन् । त्यसो भएको हुनाले नवप्रवेशी नेपालीहरुका लागि साप्ताहिक निःशुल्क अभिमुखीकरण सेमिनारको आयोजना गर्न सकियो भने धेरै हदसम्म उनीहरुमा सचेतना जगाउन सकिन्छ ।
हामीलाई हामी जन्मेहुर्केको हाम्रो समाजले धेरै कुरो नसिकाएको ढिलोगरी सबैले बुझ्नुहुने छ । हाम्रो घरपरिवार, स्कुल, कलेज र विश्वविद्यालयमा नसिकेका तर जीवन यापनका क्रममा काम लाग्ने अत्यन्त ब्यवहारिक र महत्वपूर्ण शिक्षा यहाँ दिनहुँ लिन सकिन्छ, तर ईच्छाशक्ति भने हुनुपर्छ । जुन दिन हामी जापानलाई नजिकबाट बुभ्mछौ अनि भन्ने छौं, जापान त्यतिकै जापान भएको होइन रहेछ । नयाँ वर्ष आउँदै छ, आन्तरिक रुपान्तरणका लागि हामी अहिलैदेखि आचरणमा सुधार गर्ने आँट गरौं ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया