Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – विवादास्पद व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाञ्छित गर्ने गरी नक्कली कागजात तथा श्रव्यदृश्य सामग्री उत्पादन गरी सामाजिक सञ्जालमा फैलाएको प्रसाईँमाथि आरोप छ । उनीमाथि विद्युतीय कारोबारसम्बन्धी (साइबर क्राइम) कसुरमा मुद्दा चलाउने तयारी छ । सरकारी वकिलको रोहबरमा उनको बयान भइसकेको छ ।

प्रसाईँलाई मंसिर ४ गते (मंगलबार) भक्तपुरस्थित उनकै निवासबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएर साइबर ब्युरोलाई जिम्मा लगाएको थियो । भोलिपल्ट अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो ।

प्रसाईँले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री ओलीले साढे ३२ अर्ब लगानी गरेको प्रमाण भन्दै विभिन्न कागजात सामाजिक सञ्जालमा फैलाएका थिए । प्रसाईं फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक पक्राउ परेका हुन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया