Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बन्दा लोडसेडिङ हटाउने काम गरेको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित जागरण सभामा बोल्दै पोखरेलले ओली प्रधानमन्त्री हुँदा मुलुकमा भएको १८ घण्टा लामो लोडसेडिङ अन्त्य भएको उल्लेख गरेका हुन्।

‘केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दै गर्दा यो मुलुकमा १८ घण्टा लोडसेडिङ हुने गर्थ्यो । उहाँ प्रधानमन्त्री भइसकेपछि नेपालका जलश्रोतमा देखिएका समस्या समाधान गरी आधारभूत लोडसेडिङ एक वर्षभित्र अन्त्य गर्ने योजना बनाउनुभयो।’ पोखरेलले भने, ‘त्यही योजना अनुसार हामीले भारतबाट विद्युत आयात गरी नेपाललाई अँध्यारो युगबाट उज्यालो युगतर्फ फर्काउने कामको नेतृत्व गर्‍यौं । तर विडम्बनाको कुरा हाम्रो समाजमा काम एउटाले गर्दछ जस अर्कालाई दिने परम्परा छ।’

त्यसैगरी, पोखरेलले ओली सरकारका पालामा तीन वर्षसम्म देशले उच्च आर्थिक वृद्धिदर हासिल गरेको र नेपाललाई विश्वका उच्चतम आर्थिक वृद्धि हासिल गर्ने दशौं मुलुकमा पुर्‍याएको दाबी पनि गरे। एमालेको नेतृत्वले देशको आर्थिक विकासमा ऐतिहासिक भूमिका खेलेको उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया