Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले युक्रेनमा प्रहार गरेको अस्त्र अन्तरमहादेशीय बलिस्टिक मिसाइल (आईसीबीएम) नभएको दाबी गरेका छन् । उनका अनुसार रुसले युक्रेनको डिनिप्रो क्षेत्रमा बिहीवार बिहान ‘नयाँ परम्परागत मध्यमदूरीको क्षेप्यास्त्र’ प्रहार गरेको हो ।

पुटिनका अनुसार युक्रेनले अमेरिका र यूकेले उपलब्ध गराएका हतियार प्रयोग गरेर आफ्नो भूमिमा आक्रमण गरेको जबाफ दिन रुसले ‘ओरेश्निक’ नामक क्षेप्यास्त्र प्रहार गरेको हो । उनले युक्रेनलाई रुसी भूभागमा आक्रमण गर्न हतियार उपलब्ध गराउने देशहरूका सैन्य संरचनामा पनि रुसले आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् ।

अमेरिका र यूकेले आफ्नो पुरानो नीतिमा परिवर्तन गर्दै यसै साता युक्रेनलाई अमेरिकी ‘आर्मी ट्याक्टिकल मिसाइल सिस्टम’ (एटीएसीएमएस) र यूकेको ‘स्टोर्म श्याडो’ क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिएका थिए । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नयाँ क्षेस्यास्त्र प्रहार गर्नु अझ युद्ध चर्काउने कदम भएको बताएका छन् । ‘रुसलाई शान्तिमा कुनै रुचि छैन भन्ने यो अर्को प्रमाण हो,’ उनले सामाजिक सञ्जाल ‘एक्स’मा भनेका छन्, ‘पुटिनले युद्ध लम्ब्याइरहेको मात्रै हैनन्, उनले वास्तवमै शान्ति चाहने विश्वका मानिसहरूका मुखमा थुकिरहेका पनि छन्।  ‘

यसअघि जेलेन्स्कीले रुसी क्षेप्यास्त्रमा आईसीबीएमको विशेषता रहेको बताएका थिए। तर यसमा पश्चिमा अधिकारीहरूले संशय व्यक्त गरेका थिए । अमेरिकी न्याश्नल सेक्युरिटी काउन्सिलले पनि युक्रेनविरुद्ध परीक्षणकालीन मध्यम दूरीको क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । अमेरिकी निकायले रुससँग यस्ता हतियार औँलामा गन्न सकिने सङ्ख्यामा मात्रै ” रहेको र यसले युद्धमा ठूलो भिन्नता नल्याउने बताएको छ ।

‘अमेरिकी र ब्रिटिश लामो दूरीका अस्त्रको प्रयोगको प्रतिक्रियामा रुसी सशस्त्र फौजहरूले युक्रेनका सैन्य औद्योगिक भवनहरू भएको क्षेत्रमा संयुक्त हमला गरेका छन्,’ पुटिनले भने । उनका अनुसार एक सेकेन्डमा झन्डै तीन किलोमिटर दूरी पार गर्ने उक्त क्षेप्यास्त्रलाई निस्तेज बनाउने कुनै उपाय छैन । –बीबीसी

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया