Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ताप्लेजुङको पाथीभरा धाम क्षेत्रमा यो वर्ष पहिलो पटक हल्का हिमपात भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार बिहीबार बिहानैदेखि सुरू भएको हिमपातले मौसम झनै चिसो बनेको छ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार हिमपातले तापक्रम घटाए पनि हिउँले आकर्षक दृश्य सिर्जना गरेकाले पर्यटक र तीर्थयात्रीको संख्या बढ्ने अपेक्षा गरिएको छ। धार्मिक र पर्यटकीय रूपमा महत्वपूर्ण मानिने पाथीभरा मन्दिरमा हिउँ पर्ने मौसममा आन्तरिक पर्यटकको आगमन प्रायः वृद्धि हुने गरेको छ।

३,७९४ मिटरको उचाइमा अवस्थित यस क्षेत्रमा हिमपातका कारण अहिलेसम्म यातायातमा कुनै समस्या आएको छैन। हिमपातले चिसो बढेको हुनाले चिसोबाट जोगिन पर्यटक र तीर्थयात्रीलाई आवश्यक सतर्कता अपनाउन पाथीभरा क्षेत्र विकास समितिले सुझाव दिएको छ।

तपाईको प्रतिक्रिया