Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा निधनपछि सरकारले राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

बैठकले आज देशभर सार्वजनिक बिदा दिने र सरकारी कार्यालय तथा नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले दिए । ढुंगाना केही समयदेखि कलेजोसम्बन्धी समस्याका कारण उपचाररत थिए । उनको आइतबार दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो ।

निधनपछि उनका पार्थिव शरीरलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शवगृहमा राखिएको छ । उनको श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा पार्थिव शरीर राखिनेछ ।

श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विभिन्न राजनीतिक दलका नेता तथा समाजका अन्य प्रतिष्ठित व्यक्तिहरूले सहभागी हुनेछन् । श्रद्धाञ्जली पछि ढुंगानाको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया