Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – उत्तर कोरियाले अत्घाती ड्रोन उत्पादन थालेको छ । राज्यको राष्ट्रिय समाचार एजेन्सी केसीएनएले किम जोङ उनले हालै मानवरहित एरियल टेक्नोलोजी कम्प्लेक्सले उत्पादन गरेका आत्मघाती ड्रोनको निरिक्षण गरेको जानकारी दिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एजेन्सीले जारी गरेका तस्वीरमा किमले ड्रोन उत्पादन स्थलको अवलोकन गरेको देख्न सकिन्छ । यी ड्रोनहरु फरक फरक दुरीमा तोकिएको स्थानमा आक्रमण गर्न सकिने गरि बनाइएको दाबि गरिएको छ ।

यी ड्रोनहरु जमिन र समुन्द्री दुवै किसिमका आक्रमणलाई ध्यानमा राखेर बनाइएको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा ठुलो र सानो साइजका दुवै किसिमको ड्रोनको सफल परिक्षण भइसकेको र यसले उत्तर कोरियाको सैनिक गतिविधिको दयारालाई विश्वभर फैलाउने दाबि किमले गरेको उल्लेख छ ।

यी ड्रोनहरुलाई ट्रयाक गर्न मुश्किल हुने र हानेर खसाल्न समेत नसकिने दाबि गरिएको छ । किमले अनुगमनको क्रममा ठुलो मात्रामा यी ड्रोनको उत्पादन शुरु गर्न निर्देशन दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

हाल उत्तर कोरियाले युक्रेन युद्धमा रुसलाई सहयोग गर्न १० हजार सेना पठाएको विषय बाहिर आएको बेला यी आत्मघाती ड्रोनको सफल परिक्षणको समाचार बाहिर आएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया