Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

काठमाडौं – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बास्तोला, चितवन भरतपुर महानगरपालिका-१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीय शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका-४ त्रिचोक ठेगाना भएका २५ वर्षीय सुरज कँडेल रहेका छन् ।

पक्राउ परेकामध्ये प्रितिकाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, शारदाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र सुरजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया