Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – बितेको एक महिनाको अवधिमा मन्त्रीसमेत भइसकेका तीन सांसद प्रहरी हिरासतमा पुगेका छन् । कात्तिक महिनामा मात्रै संघ र प्रदेशका गरी तीन माननीय फरक-फरक मुद्दामा प्रहरी हिरासतमा पुगेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यद्यपि, विभिन्न आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा पुग्न आफैँमा दोषी करार हुनु होइन । तर, कुनै कसुर गरेको तथ्य-प्रमाण नभेटी राजनीतिक रूपमा समेत शक्तिशाली हुने माननीयलाई प्रहरीले सहजै पक्राउ गर्न सक्दैन ।

सहकारीको रकम हिनामिना र अपचलनमा रास्वपा सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । काठमाडौंमा पक्राउ परेका लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

कोशी र गण्डकी प्रदेशका दुई सांसद पनि विभिन्न मुद्दामा हिरासतमा छन् । एमालेबाट निर्वाचित कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी जापानमा मानव तस्करी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीको हिरासतमा छन् । आफूसहित नक्कली कागजातका आधारमा असम्बन्धित मानिसलाई जापान लगेको खुलेपछि अधिकारीलाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।

अधिकारीपछि गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे त जेल चलान नै भएका छन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेर जेल चलान गरेको हो । २१ वर्षअघि गुण्डा नाइके चक्रे मिलनको हात छिनालेको घटनामा गुण्डागर्दीको पृष्ठभूमिबाटै राजनीतिमा आएका दीपक मनाङे सर्वोच्चको फैसलाअनुसार मंगलबार जेल चलान भएका हुन् ।

विभिन्न अपराधमा माननीयहरू प्रहरी हिरासत वा जेल पुगेको पहिलो घटना होइन । पछिल्ला केही वर्ष प्रहरी हिरासत वा जेल पुग्ने माननीयको संख्या झण्डै दर्जन छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका तत्कालीन सांसद टोपबहादुर रायमाझी अहिले पनि पुर्पक्षका लागि जेलमा छन् । त्यसअघि माओवादी केन्द्रका कृष्णबहादुर महरा, नेपाली कांग्रेस अफताब आलम र हाल नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरी पनि विभिन्न अपराधमा प्रहरी हिरासत वा जेल पुगेका माननीय हुन् ।

यसबाहेक प्रहरी हिरासत वा जेल पुगेर छुटेको माननीयको सूची पनि लामै छ । ‘मान वा आदर गर्न योग्यलाई ‘माननीय’ भनिएको हो । ‘माननीय’ भन्ने शब्दले आदरयोग्य पात्रलाई जनाउँछ । तर, नेपालको सन्दर्भमा ‘माननीय’ शब्द नै हलुका, फितलो र अलोकप्रियताको पर्याय बन्न थालेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया