Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग डल्लुस्थित खनाल निवासमा शिष्टाचार भेट गरेका छन्।

सो अवसरमा पूर्वप्रधानमन्त्री खनालले नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सवमा शुभकामना व्यक्त गर्दै दुई देशबीचको लामोसम्बन्धलाई थप सुदृढ र विकास गर्ने विश्वास व्यक्त गरे। खनालले नेपाल र कोरियाबीचको समधुर सम्बन्ध आगामी दिनमा अझै मजबुत हुने अपेक्षा पनि राखे।

राजदूत पार्क ताइयोङले कोरियाले नेपालको आर्थिक विकासमा सकारात्मक सहयोग जारी राख्ने प्रतिवद्धता जनाउँदै हरित अर्थतन्त्रका गतिविधिमा पनि नेपाललाई सहयोग गर्न कोरिया इच्छुक रहेको बताए। भेटमा दुवै पक्षले आपसी हितका विषयमा विस्तृत छलफल गरेका थिए।

 

 

तपाईको प्रतिक्रिया