Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्राइम टाइम टेलिभिजनका सञ्चालकसमेत रहेका पत्रकार ऋषि धमलासँग सोधपुछ गरेको छ ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रत्यक्षदर्शी रहेको दाबी गरेका गोरखाका नवराज अर्यालसँग धमलाले अन्तर्वार्ता लिएका थिए । अर्यालले अन्तर्वार्ताका क्रममा आफू घटनाको प्रत्यक्षदर्शी भएको र यसमा संलग्न तीन जनाको नाम भन्न सक्ने भन्दै दाबी गरेका थिए । प्रहरीले अन्तर्वार्ता दिने अर्याल र लिने धमलासँग सिआइबीमा सोधपुछ गरेको छ ।

अर्यालले नियमित रूपमा टेलिभिजनको कार्यालयमा आएर अन्तर्वार्ता लिइदिन दबाब दिएकोले अन्तर्वार्ता लिनुपरेको धमलाले बताएको सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए । ‘हामीकहाँ दिनहुँ आएर प्रेसर दिएको कारणले अन्तर्वार्ता लिएका हौं । बुझ्दा यो सबै कुरा फेक–झुट्टा रहेछ भन्ने थाहा पायौं,’ उनको भनाइ उदृत गर्दै सिआइबीका प्रवक्ता बोगटीले भने, ‘उहाँले अब सम्भवतस् त्यो भिडिओ सामाजिक सञ्जालबाट हटाउनुहुन्छ ।’

यो पनि : निर्मला पन्त हत्या प्रकरणमा प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल पक्राउ

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया